एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् ।
बाजुरा, बडीमालिका नगरपालिका–२, घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट नै खेल खेल्न पाउने छन् । राष्ट्रिय जर्सि सहीत अन्र्तराष्ट्रिय फुटबल खेल्ने सरिता बाजुराको पहिलो हुन् ।
छनोट सूची सार्वजनिक गरेकै दिन सरिता १८ वर्षको उमेर पुरा गरिन् । जन्मदिन नै जीवनमा ठुलो सफलता हासिल हुने दिनको रुपमा पाएँ, धेरै खुुसी छु, एन्फाको बन्द प्रशिक्षणमा रहेकी सरिताले जानकारी गराएका छन् ।