fbpx

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला – २०८० सम्पन्न

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला – २०८० सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न विषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो।
प्रतियाेगितात्मक तर्फ मुद्दा प्रस्तुतीकरणमा निर्यण नं.८३८४ ने.का.प. २०६७ अङ्क ६, मा रहेकाे मुद्दा प्रस्तुत गरेका थिए, साइवर कानुनमा जनसचेतनाकाे अभाव शिर्षकमा निबन्ध प्रतियोगिता र “स्वच्छ नेपाल, हाम्राे अभियान” शिर्षकमा चित्रकला प्रतियोगिता रहेको थियो ।
अप्रतियोगितात्मक तर्फ नागरिकता सम्बन्धि कानुनी छलफलमा Talk Show रहेको थियो, जसमा धनगढी उपमहानगरपालिकाका जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत श्री शिवराज जाेशी ज्यू र स्थानिय न्यायिक निकायका कानुनी अधिकृत श्री खडक कुंजेडाज्यूले विद्यार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ दिएका थिए। यसै गरी सम्बन्ध बिच्छेदको मुद्दामा Case Hearing गरिएको थियो। तपाईकाे विचारमा युवाहरूकाे विदेश पलायन हुनुका कारणहरू लेख्दै विद्यार्थीहरुको Hand Print Collection जस्ता अप्रतियोगीतात्मक कार्यक्रम रहेका थिए ।
एक्सिस कानुन मेला २०८० मा सहभागी, कानुन संकाय पढाई हुने विद्यालयहरु धनगढी नमुना मा.वि., सुदूरपश्चिामाञ्चल एकेडेमी, क्रिसेन्ट सिटी कलेज, एलाईन्स ईन्टरनेश्नल कलेज तथा एक्सिस माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन पढीरहेका विद्यार्थीहरुको उक्त कार्यक्रममा उलेख्य सहभागिता रहेको थियो। यस्तो प्रकारको कानुनी मेला प्रत्येक वर्ष एक्सिसले गर्दै आहिरहेकाे छ ।
कानुन पढिरहेका विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराई कानुन सम्बन्धी गहिरो ज्ञान दिने उदेश्यले उक्त कानुनी मेलाको आयोजना गरिएको हो ।
#axisplus #axislaw #axislawfest
#bestcollege #farwestnepal

Share:

Facebook
Twitter
Pinterest
LinkedIn
On Key

Related Posts

समाजसंगै एक्सिस

“समाजसंगै एक्सिस” Our school has been actively involved in various social activities, which we refer to as the School Social Responsibility project. Our school has

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला – २०८० सम्पन्न

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला – २०८० सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न विषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो।

एक्सिस विद्याश्रमद्धारा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १३ पदक प्राप्त

धनगढी उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ३ कास्य गरी १३ पदक जितेर सहभागी ३७ विद्यालयमध्ये एक्सिस विद्याश्रम

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता अब राष्ट्रिय फुटबल टिममा, साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बाजुरा, बडीमालिका नगरपालिका–२, घागर घर भएकी