fbpx

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न बिषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। लैंगिक हिंसा न्युनीकरणमा स्थानिय न्यायिक निकायको भुमिका भन्ने त्बपि कजयध रहेको थियो ।
एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न बिषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। लैंगिक हिंसा न्युनीकरणमा स्थानिय न्यायिक निकायको भुमिका भन्ने Talk show रहेको थियो ।
जसमा धनगढी उपमहानगरपालिकाका पुर्व उपमेयर सुशिला मिश्र भट्ट र स्थानिय न्यायिक निकायका कानुनी अधिकृत खडक कुंजेडाले विद्यार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ दिएका थिए। यसै गरी सम्बन्ध बिच्छेद को मुद्दामा Case hearing गरिएको थियो। भ्रष्टाचार बिरुद्ध बिद्यार्थीहरुको hand print collection जस्ता अप्रतियोगीतात्मक कार्यक्रम रहेका थिए, भने कानुनी मुद्दामा नै आधारित रहेर चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता तथा वादविवाद प्रतियोगिताहरु सम्पन्न गरिएको थियो।
धनगढीमा रहेका कानुन संकाय पढाई हुने बिद्यालयहरु धनगढी नमुना मा.वि., सुदूरपश्चिामाञ्चल एकेडेमी, क्रिसेन्ट सिटी कलेज, एलाईन्स ईन्टरनेश्नल कलेज तथा एक्सिस माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा कानुन पढीरहेका विद्यार्थीहरुको उक्त कार्यक्रममा उलेख्य सहभागिता रहेको थियो। यस्तो प्रकारको कानुनी मेला सुदुरपश्चिमा नै पहिलो पटक सम्पन्न भएको हो।
कानुन पढिरहेका विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराई कानुन सम्बन्धी गहिरो ज्ञान दिने उदेश्यले उक्त कानुनी मेलाको आयोजना गरिएको हो ।

Share:

Facebook
Twitter
Pinterest
LinkedIn
On Key

Related Posts

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न बिषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। लैंगिक हिंसा